• मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिव समेत रहेका १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको सुख, शान्तिको लागि कार्यकर्ताहरुले जस्तो सुकै दःख भोग्नु परेपनि महसुस गर्नु नहुने बताएका छन् । 
    शनिबार नेकपा (एकीकृत समाजवादी) मोरङ जिल्लाले कानेपोखरीको रमाइलोमा आयोजित संगठन निर्माण तथा सुदृढिकरण कार्यक्रममा बोल्दै सचिव राईले सो कुरा बताएका हुन । 
    माक्र्सवादका प्रणेता कार्ल माक्र्सको छोरा मर्दा कात्रो किन्ने पैसा समेत नभएको र मलामी पनि ११ जना मात्र भएको बिषय उल्लेख गर्दै जनताको मुक्तिको लागि हुने जस्तो सुकै दुःखलाई पनि दुःख मान्न नहुने राईको भनाइ थियो । मदन भण्डारीको मृत्युहुदा पनि दुई छोरीहरुको जीवन वृतिमा कठिनाइ भएको उल्लेख गर्दै असल काम गर्ने मानिसहरुले दुःख, पीडालाई समान्य रुपमा लिन सक्नु पर्ने राईको भनाइ थियो ।
    नेपाल कम्युनिष्ट पार्टी पाँच जनाले स्थापना गरेको प्रसंग उल्लेख गर्दै सहि विचारलाई ब्यबहारमा उतार्ने हो भने जित निश्चित भएको मुख्यमन्त्री राईको भनाइ थियो । 
    केपी ओली सर्बसत्तावादी, भ्रष्ट र ‘बा’ (मालिक) प्रवृति हाबिहुदै गएपछि सच्चा कम्युनिष्टहरु त्यहाँ बसिरहनु समयको बर्बादीहुने राईको भनाइ थियो । समान्ति युगमा मालिकले जे भने पनि मान्नुपर्ने अवस्था भएपनि युग परिवर्तन भएर यतिवेला नेतृत्वले गलत विचार र ब्यबहार प्रदर्शन गरे कार्यकर्ताले प्रस्न गर्ने युग आएकोले केपी ओली नेतृत्वको पार्टीमा धेरै दिन कार्यकर्ता नटिक्ने मुख्यमन्त्री राईका भनाइ थियो । 
    एमालेबाट माले बिभाजन भएको बेला एमाले लोकप्रियताको उच्चतम विन्दुमा पुगेको र त्यो बेला कांग्रेसमा चरम गुटबन्दी भएको कारण मालेले धेरै भोट पाउन नसकेपनि अहिले समय बिल्कुल फरक भएको बताए । दुई तिहाईको नेतृत्व गरेको ओली सरकार सडकमा पुगेर अत्यान्त बिछिप्त अवस्थामा पुगेको, प्रतिगमनकारीसँग साँठगाँठको चरणमा पुगेकोले सही विचार र बिधि विधानमा रहेको नेकपा (एस)लाई जनताले भोट दिने राईको तर्क थियो । 
    ‘नदीबाट पानी जाति झिकेर फालेपनि सकिन्न’ राईले भने ‘पार्टीसँग सही विचार, ब्यबहार भए नयाँ, नयाँ युवाहरु पार्टीमा आउछन र नेता स्थापित हुन्छन् ।’
    राईले बिकासले मात्र जनतालाई सुख नदिने तर्क प्रस्तुत गर्दै निजी स्वार्थ त्यागेर समान वितरण र साझा स्वामित्व स्थापित गर्न सकेमात्र समाजवादमा पुग्न सकिने बताए । 
    मुख्यमन्त्री राईले प्रदेश नं. १ को नामको सन्दर्भमा बोल्दै एमालेमा रहँदा केपी ओली, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले बहुपहिचानको आधारमा नाम राखिने भनेर तत्कालीन एमालेको राजनीतिक प्रतिबेदन र चुनावी घोषणा पत्रमा समेत उल्लेख भएको बताए । तत्कालीन एमालले प्रदेशको नाम किरात कोशी र ३ नम्बर प्रदेशको नाम नेवा माग्मती किटान गरेको तथ्य प्रस्तुत गर्दै १ नम्बर प्रदेशको नाम किरात कोशी राख्दा जनता खुसी हुन्छन भने र दलीय सहमति भएमा सोही नाम राख्नुपर्ने बताए । 
    कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेश समिति सचिब महेश रेग्मीले तत्कालीन कम्युनिष्ट नेता केशरजंङ्ग रायमाझी दरबार छिरेको प्रसंग उल्लेख गर्दै केपी ओली नयाँ केशरजंङ्ग रायमाझीको जन्म भएको आरोप लगाए । 
    उनले नेकपा (एस) विचार, नीति, सिद्धान्त र ब्यबहारको हिसाबले सच्चा कम्युनिष्ट पार्टी भएको तर्क गर्दै एकताबद्ध भएर संघीय गणतन्त्रको रक्षाको लागि अघि बढ्नुपर्ने बताए । 
    कार्यक्रममा पार्टी केन्द्रीय पोलिटब्युरो सदस्यसमेत रहेका प्रदेश उपाध्यक्ष धर्मराज निरौला, केन्द्रीय सदस्य समेत रहेका प्रदेशको यातायात तथा सञ्चारमन्त्री उपेन्द्र यादब लगायतले बोलेका थिए । 
    रमाइलो बचत तथा ऋण सहकारी सदस्थाको हलमा भएको कार्यक्रममा करिब डेढ सय कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पार्टी जिल्ला अध्यक्ष चन्द्रबीर राईको सभापतित्वमा भएको कार्यक्रममा मोरङ जिल्लामा १६ स्थानीय तहमा पार्टीको संगठन निर्माण भएको उपाध्यक्ष चण्डीप्रसाद राईले बताए । उपाध्यक्ष राईले प्रदेश समितिले पठाएको सकुर्लर वाचन गरेर सुनाएका थिए । प्रशिक्षण कार्यक्रम समापनपछि रमाइलो बजारमा स्थापित नेकपा (एस)को कानेपोखरी गाउँ समितिको कार्यालय उद्घाटन भएको भूमि दुलालले बताए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरको बिभिन्न विद्यालयमा शिक्षक नियुक्तिको परीक्षामा सबै सहभागी फेल भएका छन् ।&…

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…