• महोत्तरी१४ चैत
    महोत्तरीमा निर्वाचन आयोगले ४९७ वटा मतदान केन्द्र र २५८ वटा मतदानस्थल निर्धारण गरेको छ ।

    आसन्न स्थानिय निर्वाचन नजिकिदै गर्दा जिल्लाका १५ पालिकाहरुमा उक्त मतदान केन्द्र र मतदानस्थल निर्धारण गरेको हो ।

    जिल्ला निर्वाचन कार्यालयको अनुसार महोत्तरीमा जम्मा ३ लाख ३६ हजार ९५ जना मतदाता छन् ।

    मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

    सबैभन्दा बढी मतदाता भएको बर्दिबास नगरपालिकामा २८ वटा मतदानस्थल र ५८ वटा मतदान केन्द्र रहेका छन् । बर्दिबास नगरपालिकामा मात्र ४४ हजार ४ सय ६० जना मतदाता छन् ।

    सबैभन्दा कम मतदाता भने महोत्तरी गाउँपालिकामा १७ हजार ४ सय ३६ जना छन् भने १२ मतदानस्थल र २२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    कुन पालिकामा कति मतदाता, मतदानस्थल र मतदान केन्द्र ?

    निर्वाचन कार्यालय महोत्तरीको सूचीअनुसार जिल्लाको गौशाला नगरपालिका ३७ हजार ७ सय १६ मतदाता, २४ मतदानस्थल र ४७ वटा केन्द्र छन् ।
    जलेश्वर नगरपालिकामा ३६ हजार ६ सय ६१ मतदाता, ३० मतदानस्थल र ४७ नै केन्द्र छन् । पिपरा गाउँपालिकामा २३ हजार २ सय ७ मतदाता, १५ मतदानस्थल र ३० केन्द्र छन् ।
     सम्सी गाउँपालिकामा १९ हजार ९ सय मतदाता, १३ मतदानस्थल र २५ केन्द्र, सोनामामा २२ हजार ४ सय ९५ मतदाता, ११ मतदानस्थल, २७ केन्द्र, एकडारा गाउँपालिकामा १८ हजार ५ सय २९ मतदाता, १६ मतदानस्थल र २६ मतदान केन्द्र, औरही नगरपालिकामा १९ हजार ४ सय २२ मतदाता, ११ मतदानस्थल, २४ केन्द्र, बलवा नगरपालिकामा २८ हजार ३ सय ३२ मतदाता, १८ मतदानस्थल र ३२ केन्द्र, भंगाहा नगरपालिकामा २८ हजार ९ सय ४७, १५ मतदानस्थल र ३६ मतदानकेन्द्र, मटीहानीमा १९ हजार १ सय ९९ मतदाता, १४ मतदानस्थल र २४ केन्द्र, मनरासिस्वा नगरपालिकामा ३० हजार २ सय ९, २४ मतदानस्थल र ४० मतदानकेन्द्र, रामगोपालपुर नगरपालिकामा १९ हजार ७ सय ५८ मतदाता, ११ मतदानस्थल र २४ केन्द्र छन् ।

    त्यसैगरी लोहारपाटी नगरपालिकामा २५ हजार ३ सय ६, १६ मतदानस्थल र ३३ मतदानकेन्द्र रहेको निर्वाचन आयोगले निकालेको सूचीम ाउल्लेख छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…