• काठमाडौं, १७ चैत 

    काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ । 

    दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् । बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो । 

    अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…