• सिक्किम, १७ चैत 

    लुम्बिनी-सिक्किमकाे सम्बन्ध विस्तार प्रगाढ बनाउन दुवै क्षेत्रका सञ्चारकर्मीहरूले भूमिका खेल्नुपर्ने बताएका छन् । भैरहवामा क्रियाशील पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब र सिक्किमको सिक्किम प्रेस क्लबबीच भएकाे भेटघाट कार्यक्रममा बाेल्दै पत्रकारहरुले संगीत, भाषा, संस्कृति, साहित्यमा दुवै क्षेत्र मिल्दोजुल्दो भए पनि याे सम्बन्धलाई विस्तार गरि अझै प्रगाढ बनाउनु पर्ने बताए ।

    भाषा मिले पनि जुन रुपमा साझेदारी हुनुपर्ने अबकाे भेटपछि निरन्तर हुने गरी दुवै संस्थाबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव गरिएको छ । पत्रकार नै पुलकाे भूमिकामा रही सम्बन्ध  निर्माण गर्न सक्ने सिक्किम प्रेस क्लब अध्यक्ष शेखर खवासले बताए ।

    सन् २००२ मा स्थापना भएकाे क्लबमा सिक्किम राज्यका क्रियाशील पत्रकारहरूले  दुबै क्षेत्रसँग जाेड्न पहल गर्ने भूमिका खेल्नु पर्ने बताए । 
    लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले दुबै देशकाे सम्बन्ध विस्तार गर्न पूर्ण सहयाेग गर्ने, दुवै देशकाे समाचारलाई स्राेतकाे रुपमा प्रयाेग गर्न र आउँदाे बुद्ध जयन्तीमा नेपाल आउन निमन्त्रणा गरेका छन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…