• हेटौंडा, २० चैत

    हेटौंडामा आयाेजित खुल्ला नकआउट ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आरआर एफसीले जितेको छ ।

     नेपाल राष्ट्रिय खेलकुद महासंघ, मकवानपुर र भुटनदेवी युवा क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा हर्नामाडी कमलदेवी युवा क्लबलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै आरआर एफसीले उपाधि जितेको हो ।

    निर्धारित समयको खेल गोलरहित सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । आरआरएफसीले उपाधिसँगै नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

     उपविजेता हर्नामाडीले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । खेलमा म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आरआरएफसीका गोपि बर्तौला घोषित भए । हेटौंडा-४ हुप्राचौरको खेल मैदानमा भएको प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …