• जुम्ला, २० चैत

    जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाकाे तयारी गरिएकाे छ । संविधान र बालबालिका सम्बन्धी ऐनले बालविवाह निषेध गरेकाले अभियानलाई सफल बनाउन गाउँपालिकाले पनि बालविवाहमुक्त घोषणा गर्न थालेको हो ।

    बालविवाहले नै समाजिक, आर्थिक लगायतका हिंसा निम्त्याएको भन्दै यसलाई रोक्ने हिमा गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ ।

    गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार बालविवाहसम्बन्धी सूचक तयार पारेर विद्यालय र वडा स्तरमा सचेतनाका कार्यक्रम सञ्चालनमा छन् । 'कक्षा ८ देखि १० सम्मका किशाेरकिशाेरीले पनि  बिवाह गरेको पाइयाे । यसलाई राेक्न विद्यालयस्तरमा कक्षा दिन थालिएकाे छ,' उनले भने ।

    गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाका अनुसार केही दिन भित्र बालविवाहमुक्त घोषणा गरिनेछ ।  सात वटै वडाको तथ्यांक हेर्दा हेर्दा ८२.२ प्रतिशतले बालविवाह रोकिएकाले उनले  बताइन् ।

    प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले  बालविवाहको क्षेत्रमा सूचक बनाएयर काम गर्ने  यो पालिका भएकाे दाबी गरे ।  उनका अनुसार बालविवाहमुक्त गाउँ (टोल) हुँदै वडा घोषणा गरिने छ । त्यसपछि पालिकालाई नै बालविवाहमुक्त घाेषणा गरिनेछ ।

    जुम्ला जिल्लाका सरकारी वकिल रेनुका राईले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी रहेकाे बताइन् ।  बालविवाह गर्ने गराउनेलाई  ३ वर्ष कैद र जरिवानाकाे व्यवस्था रहेकाे बताउँदै उनले त्यस्ताे विवाह नै स्वतः रद्द हुने बताइन् ।

सम्वन्धित समाचार

 जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खा…

ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका&n…

कमलामाई (सिन्धुली), ३ चैत    पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको…

ढोरपाटन, २ चैत    कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्न…