• काठमाडौं, २३ चैत

    तीन वटै सुरक्षा अंगलाई आपतकालीन प्रतिकार्य एवं आगलागी नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उपकरण हस्तान्तरण गरेका हुन् । उपकरण नेपाल रेडक्रम सोसाइटीलाई पनि हस्तान्तरण गरिएको छ ।

    यी उपकरण अमेरिकी सहायता नियोग युएसएआइडी र अमेरिकाको रक्षा मन्त्रालयले उपलब्ध गराएका हुन् ।  प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाका अनुसार १६ प्रकारका तालिम उपकरण  हस्तान्तरण गरिएको हो ।

    कार्यकारी प्रमुख पोखरेलले पछिल्ला बर्षमा नयाँ खालका विपद्का साथै पुराना विपद्का आयतन पनि विस्तार हुँदै गएको उल्लेख गर्दै यी उपकरण विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने तालिम संचालन गर्न सहयोगी हुने बताए ।

    गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले विपद् जोखिम व्यवस्थापनमा काम गर्ने निकाय र सहयोग गर्ने निकायबीच प्राधिकरणले पुलको काम गरिरहेको उल्लेख गर्दै प्राधिकरण गठनको औचित्य प्रमाणित हुँदै गएको बताए ।

    युएसएडका वातावरणसम्बन्धी उपनिर्देशक डेभिड म्यानले नेपालमा विपद् जोखिम न्यनूीकरणका लागि युएसएडले सहयोग गरिरहेको जानकारी दिँदै विपद्का घटना भइहाले त्यसको प्रतिकार्य गर्न तालिम आवश्यक पर्ने भएकोले यी उपकरण सहयोग गरेको बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…