• मोरङ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङको पथरीशनिश्चरेन नगरपालिकामा केन्द्रीय सर्कुलर अनुसार चार दलीय गठबन्धन हुने भएको छ ।
    नेपाली कांग्रेस नगर सभापति रुपनारायण भट्टराईको अध्यक्षतामा भएको बैठकले नगरमा चार दलीय गठबन्धन गर्ने निर्णय भएको हो । 
    कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र जसपावीचको बैठकले नगरमा केन्द्रीय सर्कुलर अनुसार गठबन्धन भएर निर्वाचन लड्ने निर्णय गरेको माओवादी केन्द्रका नगर ईन्चार्ज दिनानाथ तिम्सिनाले बताए । 
    बुधबार भएको बैठकले कांग्रेस सभापति भट्टराईको संयोजकत्वमा चार दलको तीन तीन जना पर्नेगरी १३ सदस्यीय संयन्त्र गठन गरेको छ । पथरीशनिश्चरेमा १० वटा वडा रहेको छ । दलहरुले कति, कति र कुन कुन वडा पाउने भन्ने बिषयमा सुक्रबार बस्ने बैठकले निर्णय गर्ने जसपाको केन्द्रीय सदस्य लोकसागर साम्बाले बताए । नगर प्रमुख र उपप्रमुखमा जिल्ला संयन्त्रबाट आउने निर्णयमा भर पर्नेछ । 
     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…