• मोरङ । नयाँ बर्षको अवसर पारेर मोरङको पथरीशनिश्चरे स्थित मनोहर होटल एण्ड पार्क आज (बिहिबार) उद्घाटन भएको छ । 
    पथरीको रत्नकुमार वान्तावा चोकमा लामो समयदेखि निर्माण प्रकृयामा रहेको होटल मनोहर एण्ड चिल्ड्रेन पार्क बिहिबार नयाँ बर्ष २०७९ को अवसरमा उद्घाटन भएको हो । 
    कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ र इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले रिबन काटेर उद्घाटन गरेका हुन् । 
    मनोहर होटल भित्र बालबालिका खेल्ने पिङ, चाकालचुली, चिप्लेटी लगायतको खेल सामाग्रीको साथै मटुपत्लु, बुद्धको र केही जीव जनावरहरुको मूर्ति राखिएको छ । होटलमा बाँसको जराबाट निर्मित बिभिन्न कलात्मक सामाग्री ट्रि हाउस र कार्यक्रम हल रहेको होटलका प्रोपाइटर टिकाराम राईले बताए । 
    कार्यक्रममा बोल्दै पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले होटल एण्ड पार्कले पर्यटन क्षेत्र विकासको लागि टेवा पुग्ने बताए । कार्यक्रममा स्थानीय समाजसेवी लोकसागर साम्बा, अमिर राई, पत्रकार अर्जुन जम्नेली राई लगायतले शुभकामना दिएका थिए । 
     

सम्वन्धित समाचार

दैलेख, ७ असार  किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रो…

रसुवा,  २३ फागुन रसुवाको उत्तरगया गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेक…

धादिङ,  २१ फागुन धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा…

उदयपुर, १३ माघ उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूप अघि बढाउन गाउँगाउँमा माटो …