मोरङ । नयाँ बर्षको अवसर पारेर मोरङको पथरीशनिश्चरे स्थित मनोहर होटल एण्ड पार्क आज (बिहिबार) उद्घाटन भएको छ । 
पथरीको रत्नकुमार वान्तावा चोकमा लामो समयदेखि निर्माण प्रकृयामा रहेको होटल मनोहर एण्ड चिल्ड्रेन पार्क बिहिबार नयाँ बर्ष २०७९ को अवसरमा उद्घाटन भएको हो । 
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ र इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले रिबन काटेर उद्घाटन गरेका हुन् । 
मनोहर होटल भित्र बालबालिका खेल्ने पिङ, चाकालचुली, चिप्लेटी लगायतको खेल सामाग्रीको साथै मटुपत्लु, बुद्धको र केही जीव जनावरहरुको मूर्ति राखिएको छ । होटलमा बाँसको जराबाट निर्मित बिभिन्न कलात्मक सामाग्री ट्रि हाउस र कार्यक्रम हल रहेको होटलका प्रोपाइटर टिकाराम राईले बताए । 
कार्यक्रममा बोल्दै पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले होटल एण्ड पार्कले पर्यटन क्षेत्र विकासको लागि टेवा पुग्ने बताए । कार्यक्रममा स्थानीय समाजसेवी लोकसागर साम्बा, अमिर राई, पत्रकार अर्जुन जम्नेली राई लगायतले शुभकामना दिएका थिए । 
 
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        