मुक्लाजुङ ।
- हेल्लो शंकर दाई बोल्नुभएको हो ?
- हो त।
-अनि तपाईं को बोल्नुभएको ?
-म तल्लो घरको भाइ हो।
-ए अँ, भन त के काम थियो ? म त भर्खर निदाउँन लाग्या थिएँ।
-यहाँ काकी बिरामी हुनुभएको रहेछ, लैजाने साधन नपाएर तपाईंलाई फोन गरेको हो। झट्टै मोटरसाईकल लिएर आउनु न ल।
- ए, हुन्छ म आइहाल्छु, तयारी हुनु।
गाउँलेहरूका यस्ता समस्या सुन्नेबित्तिकै आफ्नो घरको काम छाडेर तुरुन्तै गाउँ समाजको लागि के दिन-के रात, के घाम-के पानी केहीको प्रवाह नगरी सबैको दुखमा साथ दिने उर्जाशिल युवा हुन्, शंकर बजगाई ।
मिक्लाजुङ— ५ का बजगाईलाई अधिकांशले जनताको दुख-सुखको सारथी भनेर चिन्छन्।
सामान्य परिवारमा जन्मिएका उनी सानैदेखि अर्कालाई समस्या पर्दा आफ्नै ठानेर सुन्नै बित्तिकै सहयोग गर्न कम्मर कसेर लाग्ने गर्छन्,शंकर । कुनै पनि प्रकारको रिस राग, घमण्ड नलिकन सामाजिक काम भनेपछि मरिहत्ते सधैं अग्रपंतिमा उभिने शंकर अहिले स्थानीय निकायको निर्वाचनमा मिक्लाजुङ गाउँ पालिकाको अध्यक्षको आकांक्षी रुपमा खडा भएका छन्।

अहिले स्थानीय निकायको निर्वाचनको संघारमा वडा अध्यक्ष लागि उनको नाम निक्कै चर्चामा छ।
राजनीतिक विचारमा नेकपा एमालेमा रहेका शंकर पहिले माहोवादी निकट थिए ।
मुलुकमा कोरोना कहरको माहामारी विकाराल अवस्थामा रहँदा पनि उच्च मनोबलका साथ विद्यालयमा मास्क, सेनिटाईजर वितरण गरेर अग्रपंतिमा उभिएका थिए। जनताको काममा कैले अगुवाई गर्न पछि परेका छैनन्। उनको खुट्टा तान्ने काम नभएका पनि होईनन्, तर उनलाई कुनै प्रवाह छैन । शंकर भन्छन्, काम गर्दा कमिकमजोरी हुन सक्छन्। गल्तीबाट पाठ सिक्ने हो दोहरीयाउने होईन् ।
युवाहरु नेतृत्व गर्न सक्षम रहेको बताँउदै उनले युवा जोश र अग्रजको होस साथमा लिएर अघि बढ्ने बताए ।
शंकखरकै पहलकदमीले मिक्लाजुङ—५ का सुवास राईको जिउभरी पलाएको ऐजुरु फालिएको छ ।
त्यो अभियानमा पनि उनका कुरा नकाटिएको भने होईन्, तर उनले सके सबैको साथ सहयोगले गर्छु नसके एक्लै गर्छु भन्ने प्रण गरे । अन्तत सफल पनि भए ।
उनी भन्छन्, कुरा काट्नेको पछि लाग्ने हो भने सफल कसरी भईन्छ । कुरा काटुनु भनेको प्रेरणा दिनु हो नि ।

सामाजिक काममा उनको भुमिका रहेको हुन्छ । उनी सामाजिक काम गर्नेलाई हौसला दिन्छन्। त्यसो त युवाहरुको लागि खेल समाग्री र ड्रेसलगायतका सामान वितरण गरेर स्थानीय स्तरमा खेलकुदको विकासमा उनको देन महत्वपूर्ण छ। विभिन्न धार्मिक कार्य होस् या सामाजिक काममा पनि उत्तिकै सक्रिय शंकर जनताको पिरमर्कामा कहिलै पछाडि हटेका छैनन्।
समृद्ध गाउँपालिका बनाउन उनी जनतामाझ एजेण्डा लिएर पुग्ने बताउछन्।
‘म बोलेर होइन गरेर देखाउँछु’, बजगाई भन्छन,‘म वाचा गर्दछु। जिताएर देखाउनुहोस्। पक्कै तपाईंले चाहेअनुसारको काम गर्नेछु।’
उनले मिक्लाजुङलाई पर्यटकिय क्षेत्रको रुपमा विकसित गएर यहाँका जनतालाई यही रोजगारको व्यवस्था मिलाउने, गाउँमै रेमिटेन्स भित्राउने बताए ।
मिक्लाजुङमा धेरै पर्यटनको सम्भावना छ, रोजगारीको माध्यम बनाउन सकिन्छ, म कालोपत्रेलाई मात्र विकास ठान्दिन उनले भने ।
विकास पूर्वधारको सहज पहुँच पुर्याउनु नै आफ्नो प्रमुख नारा रहेको उनले बताए ।
‘राजनीति मेरो आम्दानी होइन, सेवाको माध्यम हो’ भन्ने नारासहित आसन्न स्थानीय निर्वाचनमा गाउँ अध्यक्षको उम्मेवदार बनेर नै छाड्ने शंकर जन–जनमा मन–मनमा छन्। गाउँपालिकाको समग्र विकासमा आफूले ध्यान दिने भन्दै प्रचार सुरु गरेका छन, उनले।
खेलकुद, धार्मिक र सामाजिक कार्यमा एकदमै अब्बल देखिएका विपन्न र पीडामा रहेकालाई तत्कालै सहयोग गर्दै आउने उनको शैली सबैले रुचाएका छन्।
‘गाउँवाशीले बासिन्दाले परिवर्तन खोजेका छन्। जनप्रतिनिधि जनताको सेवक हुनुपर्छ शासक होइन भन्ने पक्षमा म छु। मेरो उदेश्य भनेको गाउँपालिको विकास हो। त्यसैले गाउँको समस्यासँग हरदम नजिक छुँ समाधानको उपाय खोज्छु, राजनीति मेरो पेशा होइन,’ शंकरले भने ‘अहिलेको परिवेशमा युवाको आवश्यकता हो भन्ने मेरो बुझाइ छ।’

उनले आफूले पाउने सुविधा समेत जनहितमा खर्च गर्ने बताउदैं आएका छन्।
‘म कमाउन आएको होइन, जनताको मन जित्ने काम गरेर रमाउन आएको हो। दुः ख सुखको सारथी बन्न आएको हुँ,’ उनले भने।
बजगाईले आजसम्म जे जति गरे अरुकै लागि गरे। अर्थात् मानवसेवा, जनसेवा  भने पनि जिन्दगीका महत्वपूर्ण समय र उर्जा उनले त्यतै खर्चिए। चाहे असहाय बालबालिका होउन् वा वृद्ववृद्वा उनीहरुलाई सकेको सहयोग गरेकै छन्। सडक बत्ति जडान होस् वा अन्य पूर्वाधार निर्माणमा उनले सक्दो लगानी जुटाएकै छन्।
गाउँ पालिका अध्यक्ष  उठ्ने तयारी गरेका शंकर  अब कसरी जित्ने, कसलाई उम्मेद्वार बनाउदा उचित हुन्छ त्यो महत्वपुर्ण सवाल हो।
आफूले टिकट पाए सहजै जित हात पार्ने उनको दाबी छ। पार्टी निर्णयको पर्खाइमा छन्। भन्छन्,‘इच्छा त हो, सबैले हौसला दिएका पनि छन् तर बल पार्टीको कोर्टमा छ।’
 अब कसरी जित्ने, कसलाई उम्मेद्वार बनाउदा उचित हुन्छ त्यो महत्वपुर्ण सवाल हो।
‘विकसित देश जाने र उतै बस्ने सुविधापनि छ। तर, मलाई मेरै गाउँमा केही गर्नुपर्छ भन्ने हुटहुटी छ,’ उनले भने। पार्टीले आफूलाई अध्यक्षको उम्मेद्वार बनाउनेमा शंकर आशावादी छन्।
भन्छन्,‘सबैले फ्रेस अनुहार खोजेको पाइयो, उम्मेद्वारीको तयारीमा जुटेको छु।’
उनले भने,‘म एक व्यवसायी मात्र होइन, जिम्मेवार नागरिक पनि हुँ। त्यसैले मलाई मिक्लाजुङको अध्यक्ष उम्मेदवारका रूपमा देख्दा अचम्म मान्नु पर्दैन।’
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        