• कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्ष देखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी वैशाख ९ गते शुक्रबारदेखि  सञ्चालन हुने भएको छ। यसपालिको एसईई पहिलाकै जस्तो  सामान्य अवस्थामा सुरु गर्न लागेको हो । 

    एसईई परीक्षामा सिराहा जिल्लाबाट  १० हजार ६ सय ४० जनासमेत गरि देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना छात्र–छात्रा  सहभागी  हुने भएका छन्। 

    सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । 

    प्राविधिक धार तर्फका सवै विद्यार्थीको परीक्षा सदरमुकाम सिरहाको बालमन्दिर विद्यालयमा हुने  समन्वय ईकाई प्रमुख महतोले जनाए ।
    अघिल्लो २ वर्ष सम्म ग्रेड वृद्धिको लागि छुट्टै परीक्षा केन्द्र सञ्चालन गरेपनि यो पटक सवैलाई एकैठाउँमा राखेर परीक्षा लिने भएको छ । 

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चर…

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …