मोरङ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय एकता पार्टी, नेपालवीच तालमेलहुने भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी संघीयताको संस्थापक पार्टी भएको भन्दै चुनाव चिन्ह घर प्रयोग गर्दै गठबन्धन हुने मंगलबार (६ गते)दुई पार्टीवीच सहमति भएको हो ।
जनमुक्ती पार्टीको केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा र राष्ट्रिय एकता पार्टी, नेपालको अध्यक्ष प्रेमदिप थाम्सुहाङ (लाजेसा)वीच सहमति पत्रमा हस्ताक्षर गर्दै उमेद्वार नजुधाउने, घर चुनाव चिन्हमा निर्वाचन लड्ने सहमति भएको हो ।
प्रेमदिप थाम्सुहाङ (लाजेसा) लोसपा छाडेर भर्खरै राष्ट्रिय एकता पार्टी घोषणा गरेर संगठन निर्माणको चरणमा रहेका छन् ।