• भक्तपुरमा आआधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ बुधबारबाट सुरू भएको छ ।

    २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यसवर्ष पाँचौं पटकको रहेको जनाइएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ती स्कुलहरुमा परीक्षा सुरु भएको हो । 

    परीक्षामा जम्मा परिक्षार्थी संख्या दुई हजार पाँंच सय ८१ रहेको जनाइएको छ । सामुदायिक विद्यालयबाट सहभागी संख्या सात सय ८६ र संस्थागत विद्यालयबाट सहभागी संख्या एक हजार सात सय ९५ रहेको जनाइएको छ ।  संस्थागत विद्यालय संख्या ४८ र परीक्षा केन्द्रको संख्या १२ रहेका छन् । 

    यसैगरी आजदेखि नै कक्षा ५ को वार्षिक परीक्षा पनि भक्तपुर नगरपालिकाबाट सञ्चालन भएको छ । कक्षा ५ को वार्षिक परीक्षा यस वर्षदेखि मात्र नगरपालिकाले सञ्चालन गरेको जनाइएको छ ।

    यसमा जम्मा ७९ वटा विद्यालयबाट दुई हजार दुई सय २६ जना परीक्षार्थीहरू परीक्षामा सहभागी रहेका छन् । भक्तपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यका अनुसार वैशाख १५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…