• मोरङ । देशमा अर्थ पूर्ण संघीयता र जातीय जनसंख्याको आधारमा समानुपातिक राज्य निर्माण गर्नुपर्ने मान्यताको खरो विचारक छमल छाराहाङको सालिक शनिबार मोरङको पथरीशनिश्चरे–३ मा अनावरण भएको छ । 
    माओवादी युद्धाबाट पनि उत्पीडित समुदायले मुक्ति नपाएको र आवश्यक परे मुक्ति युद्ध लड्नुपर्छ भन्ने विचार राख्दै आएका कमल छाराहाङ २०१० असार १० गते धनकुटामा जन्मिएका छाराहाङ जीवनभर पहिचानको राजनीति गरेका नेता हुन् । 
    छाराहाङको ‘मुक्तिको युद्ध जारी छ, पढिरहोस यहाँका पाइलाहरु, बिजय हाम्रो निश्चित छ ।’ भन्ने भनाइ कार्यकर्तामाझ लोकप्रिय छ । जातीय मुक्ति र स्वाधिनताको पक्षधर छाराहाङको मुटु रोगको कारण २०७३ चैत्र ५ गते देहान्त भएको थियो । 
    मोरङको पथरीशनिश्चरेमा रहेका छाराहाङको समर्थक राजकुमार पालुङ, रंजित फियाक, काबुलबहादुर मगर लगायतको पहलमा थोक्फेला पाङ्फे (लालि गुँरास चौक)मा निर्मित सालिक अनावरण भएको हो । 
    सालिक निर्माण समितिको अध्यक्ष सन्तकुमार फियाकको सभापतित्वमा भएको कार्यक्रममा छाराहाङको मूर्ति १ नं. प्रदेश सांसद सुयर्माराज राईले अनावरण तथा माला अर्पण गरेका थिए । 
    अनावरण कार्यक्रमको प्रमुख अतिथि राई, जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य लोकसागर साम्बा, छाराहाङको छोरा राजन छाराहाङ लगायतले छाराहाङको विचार र ब्यक्तित्वमा बारे बोलेका थिए । 
    छाराहाङ राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय सदस्य, विभजनपछि राष्ट्रिय जनमुक्ति पार्टी नेपालको अध्यक्ष, २०६३ पछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय अध्यक्ष, सर्वोच्च नेता भएर पहिचानसहितको संघीय राज्य हुनुपर्ने विचार राख्दै आएका थिए । छाराहाङले पछिल्लो समयमा नेपालमा सर्वजातीय गोलमेच सम्मेलन, सम्मेलन मार्फत सर्वजतीय सरकार गठन गरेर मात्र नेपालमा स्थायी शान्तिहुने विचार राख्दै आएका थिए । 
    छाराहाङको सालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेसको पथरी शनिश्चिरे नगर प्रमुखको उमेद्वार नगेन्द्र लिम्बू, उप प्रमुखको उमेद्वार कविता पराजुली, मंगोल नेशनल अर्गनाइजेशनको नगर प्रमुख उमेद्वार पुनम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतको उमेद्वारहरु उपस्थित रहेका थिए । कार्यक्रममा करिव दुई सय स्थानीयबासीको उपस्थिति रहेको थियो । सालिक सहयोगदाताहरुबाट रकम संकलन गरेर निर्माण गरिएको रंजित फियाकले बताए । सालिक निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई करद पत्र वितरण गरिएको थियो । 

                                                                          स्व. कमल छाराहाङ


     

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा प्राध्यापक संघ र स्ववियु दुवै पक्षले …

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…