• काठमाडौं, १८ वैशाख
    आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । आयोजक नेपाल भलिबल एसोसियसनले प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा संचालन गर्दैछ ।

    प्रतियोगितामा महिलातर्फ तीन विभागीय टीम सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब र एभरेस्ट स्पोर्टस् क्लब गरी पाँच टिम सहभागी छन् ।

    यस्तै, पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लब गरी सात टीम छन् ।

    गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरुले लिगमा प्रतिस्पर्धा गर्ने भएका हुन् । च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।

    क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर,  लिब्रो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …