• हेटौंडा, १८ वैशाख

    मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्थानीय तहको निर्वाचन स्वायत्त हुन नसकेको बताएका छन् । सञ्चारिका समूह मकवानपुरले आइतबार आयोजना गरेको पत्रकार महिलालाई अभिमुखीकरणमा श्रेष्ठले अझै पनि स्थानीय तहको निर्वाचनमा केन्द्रको भर पर्नु परेको बताए । 

    स्थानीय तह आफैंमा एउटा सरकार भएकाले स्थानीय तह आफैंले निर्वाचन गराउनु पर्नेमा अहिले पनि केन्द्रकै भर पर्नु परेको उनको भनाइ छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सबै दल तथा सर्वसाधारणले आचारसंहिता पालना गर्नुपर्ने उनले जोड दिए । ‘सबैबाट सबैका लागि आचार संहिता पालना गर्नुपर्छ,’ उनले भने निर्वाचन भनेको समाज रुपान्तरणको प्रकृया हो, मतदान गर्दा सबैले विचार पुर्‍याउन जरुरी छ ।’

    निर्वाचनमा खटिने कर्मचारीहरूको व्यवस्थापन भइरहेको पनि उनले जानकारी गराए । अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट र सञ्चारिका समूह बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालले सहजीकरण गरेका थिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…