• नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरुका प्रस्ताव तथा समर्थकहरु पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ। 

    बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो । 

    त्यस्ता विद्रोही उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकहरुको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरुको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपीसहित तत्काल केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिहरुलाई कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ । 

    विद्रोही उम्मेदवारहरुले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निस्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न यसअघि नै अनुरोध गरेको थियो । तर चितवनको भरतपुर र पोखरा लगायतका क्षेत्रका कांग्रेसका बागी उम्मेदवारहरुले पार्टीको त्यस्तो आग्रहलाई अस्वीकार गरेका थिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…