• मोरङ । मोरङको पथरीशनिश्चरेमा आज एमाले केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र कांग्रेस महामन्त्री गगन थापाले  चुनावी सभालाई सम्बोधन गरेका छन् । 
    एमालेले पथरीशनिश्चरे ७ किर्तिपुर बजारमा उपाध्यक्ष नेम्वाङको प्रमुख आतिथ्यता र वडा नं. १ स्थित पथरी बजारमा कांग्रेसले गगन थापाको उपस्थितिमा चुनावी सभा गरेको हो । 
    चुनावी सभालाई सम्बोधन गर्दै पूर्ब सभामुखसमेत रहेका नेम्वाङले स्थानीय तहको निर्वाचन एमालेले जित्ने दाबी गरे । देशभर पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै थपिएको नयाँ मतदाताको ६० प्रतिशत एमाले रहेको नेम्वाङको दाबी थियो । 
    प्रतिपक्षीले एमाले एक्लिएको हल्ला चलाएपनि पार्टीको साथमा जनता रहेको उनको भनाइ थियो । देशमा काम गर्ने अवसर पाउदा उल्लेख्य काम गरेको नेम्वाङको भनाइ थियो । 
    कार्यक्रममा पूर्ब मन्त्रीसमेत रहेका एमाले केन्द्रीय सदस्य भानुभक्त ढकालले स्थानीय तहको निर्वाचत जितेपछि सुकुम्बासीलाई धनिपुर्जा बाँड्ने बताए । आफूहरु संघीय सरकारहुँदा कानुन नभएको कारण पुर्जा वितरण गर्न नपाएको ढकालको भनाइ थियो । आफू कानुन मन्त्रीहुँदा कानुन निर्माण गरेको उनले बताए । 
    कार्यक्रममा नगर प्रमुखको उमेद्वार मोहन तुम्बापो, उपप्मुखको उमेद्वार देबिमाया काफ्ले लगायतले बोलेका थिए । नगर प्रमुखको उमेद्वार तुम्बापोले आफूहरुको बिजय भइसकेको घोषणा मात्र हुन बाँकी रहेको बताए । 
    यता पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले जनताले सँधै सूर्यमा भोट नहाल्ने बताए । हरेक पालिकामा अघिल्लो चुनावमा गरेको प्रतिबद्धता पुरा गरे नगरेको हेरेर भोट हाल्ने थापाको भनाइ थियो । जनताले गएको निर्वाचनमा एमाले र सूर्य चिन्हमा भोट लगाएर अवसर दिएपनि प्रतिबद्धता पुरा नभएको कारण अब रुख चिन्हमा भोट लगाउन अनुरोध गरे । महामन्त्री थापाले नेपाली कांग्रेस कुरा होइन काम गर्न नेपाली कांग्रेसलाई भोट हाल्न उनको अनुरोध थियो । 
    कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाल, प्रदेश वन मन्त्री शेखरचन्द्र थापा, सुनिल शर्मा, नगर प्रमुखको उमेद्वार नरेन्द्र सुब्बा, उपप्रमुखको उमेद्वार कबिता पराजुली लगायतले बोलेका थिए । 
    भोली (मंगलबार) माओवादी केन्द्रले मोटरसाइकल ¥यालीसहित पूर्ब सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका पार्टीको केन्द्रीय सदस्य, १ नं. प्रदेश इन्चार्ज राम कार्कीको उपस्थितिमा कार्यक्रम गर्ने सो संगठनले जनाएको छ । 

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…