• मोरङ । मोरङको पथरीशनिश्चरेमा भोली (मंगलबार) माओवादी केन्द्र नेतृत्वको गठबन्धनको चुनावी सभा हुने भएको छ । 
    पथरीशनिश्चरेमा माओवादी केन्द्र, नेकपा एस र जसपाको तालमेल (गठबन्धन) रहेको छ । ३० हुने निर्वाचनको लागि गठबन्धनको तर्फबाट नगर प्रमुखमा माओवादी केन्द्रको दिनानाथ तिम्सिना, उपप्रमुखमा नेकपा एसको बिन्दु राई उमेद्वार रहेका छन । जसपाले ३ र ६ नं. वडामा अध्यक्ष लगायतको पदहरुमा उमेद्वारी छ । 
    मंगलबार दिउँसो १ बजे बृहत प्रदर्शनीपछि जाँते मोडमा कोणसभा हुने गठबन्धनका नेताहरुले बताएको छ । कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट पूर्ब सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य १ नं. प्रदेश इन्चार्ज राम कार्की, नेकपा एसका केन्द्रीय सदस्य १ नं. प्रदेश सचिव महेश रेग्मी, जसपाको प्रदेश सचिव प्रेम वनेम लगायतका नेताहरु उपस्थिति हुने माओवादी केन्द्रको नगर समिति सदस्य मान दियालीले बताए । 
    गठबन्धनले नगर प्रमुख, उपप्रमुखको साथै १० मध्ये कम्तिमा पाँच वटा वडा जित्ने दाबी गर्दै आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको बिजेता जनप्रतिनिधिलाई आज (आइतबार) निर्वाचन आयोगले निर्वाचित भएको…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालकामा बैशाख ३० गते भएको निर्वाचनमा १० मध्ये ५–५ वटा अध्यक्ष एमाले …

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिकामा १३ घण्टापछि पुन मन गणना सुरु भएको छ ।  मत पेटिकामा लगाइएको…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिकामा मत पेटिकामा लगाइएको शिल गरिएको मुचुल्कामा तृटी फेला परेपछि बिहिब…