• लमजुङ,  २७ वैशाख

    लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए को आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ । 

    कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए  निर्माण गरिरहेको छ । असार पहिलोबाट आयोजनाको बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र बस्तीले बताए ।

    आयोजनाको बाँकी काम २०७९ जेठभित्र सम्पन्न गरी असार पहिलो साताबाट बिजुली उत्पादन  गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

    आयोजनाबाट उत्पादन भएको  विद्युत् कीर्तिपुर सबस्टेसनमार्फत उदिपुर–मार्कीचोक–भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइनको प्रयोग गरी मध्यमस्र्याङदीको स्वीचयार्डमा पुराइने भएको छ ।

    चैतसम्मको अवधिमा १ करोड ९९ लाख १८ हजार ६ सय ८० रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका घाटा गत वर्षको यही समय अवधिको तुलनामा भने घटेको हो । गत वर्ष ३ करोड २४ लाख ३२ हजार ५ सय २४ रुपैयाँ घाटामा थियो ।

    आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …