• लमजुङ,  २९ वैशाख

    मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।

    सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात केन्द्रमा पुगेका हुन् । उनीहरुले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन् ।

    मनाङका चार वटै स्थानिय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । स्थानीय तहको निर्वाचनका लागि मनाङमा दुई सय बढी कर्मचारी र ७ सय बढी सुरक्षाकर्मी खटीएका छन् ।

    निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ । मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँचवटा मतदान केन्द्र कायम भएको छ । मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन । जसमा महिला ३ हजार ३ सय ४८ र पुरुष ३ हजार १ सय ४८ छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…