• खोटाङ,  २८ वैसाख 

    स्थानीय तह निर्वाचनका लागि खोटाङका मतदानस्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइएको छ । ३० वैशखमा हुने निर्वाचनका लागि सुरक्षाकर्मी र कर्मचारीका साथमा मतपत्र, मतपेटिका, स्वस्तिक चिन्ह, मतदाता नामावली लगायतका निर्वाचन सामग्री पठाइएको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र अन्य निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमार्फत मतदान स्थल र मतदान केन्द्रमा पठाइएको हो । १० स्थानीय तह रहेको जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् । 

    जिल्ला निर्वाचन कार्यालयमार्फत मतदानस्थल र मतदान केन्द्रमा मत पेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, नङमा लाउने मसी, छेकाबार, लाहा छाप, पोलबुक, सुरक्षण सिल, मैनबत्ती, मत पेटिका स्टिकर, मतदाता नामावली, मतदाता परिचय–पत्र पठाइएको छ । यस्तै, रबर म्याट, स्टाप्लर, कैंची, ग्लुस्टिक, पञ्चिङ मेसिन, प्राथमिक उपचार बाकस, सेनिटाइजर, निर्वाचन निर्देशिका, अनुसूचि, स्टेसनरीका सामान पठाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताए । 

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…