• काठमाडौं,  २८ वैशाख

    जेठ अन्तिम साता एएफसी एसियन कप–२०२३ छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास खेलमा अफ्रिकन क्लब एभिनिर एफसीविरुद्ध ४–१ को जित निकालेको छ । 

    मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा जर्ज प्रिन्स कार्कीको दुई गोल मद्दतमा नेपालले सहज जित पाएको हो । तेस्रो भेटमा जित निकाल्ने क्रममा जर्जले दुई गोल गर्दा मनिष डांगी र दर्शक गुरुङले एक एक गोल गरे । 

    यस अघि समेत नेपालले एभिनिरसँग दुई पटक खेलेको थियो । दुवै खेल गोलरहित बराबरीमा समाप्त भएको थियो । 

    नेपाली टिम शुक्रबार कतार प्रस्थान गर्ने तयारीमा छ । नियमित टोलीका १० खेलाडी टिम बाहिर रहेको अवस्थामा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले टोलीलाई कतारमा अभ्यास गराउँदैछन् । 

    यसबीचमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । तर मैत्रीपूर्ण खेलको सम्भावना कम रहेको एन्फा स्रोतले न्युज कारखानालाई बतायो । 

    एसियन कप छनोटमा नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …