• बैतडी,  ३१ वैशाख

    स्थानीयतहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा बैतडीमा ६७.२२ प्रतिशत मतदान भएको छ । 

    जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार जम्मा एक लाख ४० हजार २ सय एक मतदाता मध्ये ९९ हजार ८ सय ९६ जनाले मतदान गरेका हुन् । 

    मतदान गर्नेमा महिला ५४ हजार ३ सय ९६ रहेका छन् भने, पुरुष ४५ हजार ५ सय रहेका छन् । 

    जिल्लाको सबैभन्दा बढी मतदान हुने स्थानीयतहमा जिल्लाको पुर्चौडी नगरपालिका रहेको छ । जहाँ ७१ प्रतिशत मतदाताले मतदान गरेकाछन् । 

    डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत, मेलौली नगरपालिका र पाटन नगरपालिकामा ६६ प्रतिशत मतदान भएको छ । 

    यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकामा ६० प्रतिशत बढी मतदान भएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतले जनाएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं,  ०८ जेठ बलात्कारी जतिसुकै वर्षपछि पहिचान भए पनि कानुन अनुसार कारबाहीको भागेदार…

बारा, ८ जेठ स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्र…

बारा, ८ जेठ बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुन: नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को …

अर्घाखाँची, ८ जेठ अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । …