•  ३१ वैशाख, ललितपुर

    ललितपुरमा ६ वटै पालिकामा राति ९ बजेसम्म पनि मत पेटिका केन्द्रमा संकलन भइरहेको छ ।

     जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले अझै सबै ठाँउका मत पेटिका संकलन नभएको जानकारी दिएकी छिन् ।

    महानगरको मतपेटिका आइपुगे पनि संकलन गर्नेकाम नसकिएको जिल्ला प्रमुख धमलाले जानकारी दिइन् । उनले भनिन्, ‘अझैं १११२ बज्छ होला ।’ 
    उनका अनुसार गोदावरी नगरपालिकाको वडा न. ८ र ९ नम्बरको मतपेटिका आउन बाँकी छ । कोञ्ज्योसोम, वाथमती र माहाँकाल गाँउपालिकाको मत पेटिका पनि संकलन भइरहेको  धमलाले बताइन् ।

    ललितपुरको दक्षिणी भेगका माहाँकाल, वागमती र कोञ्ज्योसोम गाँउपालिका पहाड र अप्ठ्यारो बाटो भएका कारण मतपेटिका ल्याउन समय लाग्छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…