• मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिकामा मत पेटिकामा लगाइएको शिल गरिएको मुचुल्कामा तृटी फेला परेपछि बिहिबार बिहान ३ देखि मत गणना स्थागित भएको छ । 
    पथरीशनिश्चरे १० नं. वडाको मत पेटिकामा लगाइएको शिल गरिएको मुचुल्कामा २५ र २६ हुनुपर्नेमा दुई वटैमा २५ नम्बर लेखिएको भेटेपछि समस्या भएको हो । 
    वडा नं. १० को हिरक माविमा भएको १ र २ नं. मत पेटिकाको शिलमा २५ र २६ भएपनि मतपत्र खसाल्ने प्वाल बन्द गरेको मुचुल्का कागजमा २५, २५ उल्लेख भएपछि बिहिबार बिहान करिव साढे ३ बजेदेखि मत गणना स्थागित भएको हो । 

    मुचुल्का कागजको साथै मतदान केन्द्रबाट गणना स्थालमा बुझेको कागजमा समेत दुबै पेटिकाको मुचुल्कामा २५ उल्लेख रहेको जनता समाजवादी पार्टीका प्रतिनिधि हेमभक्त तमुले बताए । 
    सो बिषयमा निर्वाचन आयोगको संयोजनमा बिहान ९ बजे सर्वदलीय बैठक बसेपनि तत्काल समस्य साधान भएन । बिहानको बैठकमा मतदान केन्द्रमा शिल गर्दा हस्ताक्षर गर्ने उमेद्वारहरुको प्रतिनिधि समेत बोलाएर पुन बैठक बसेर समाधानको प्रयास गर्ने छलफल भएको बताइएको छ । 
    वडा नं. १० को मतदान केन्द्र हिरक मावि र मत गणना स्थल पथरी बहुमुखी क्याम्पस करिव एक किलो मिटरको दुरीमा रहेको हुनाले मत पेटिका हातैले बोकेर ल्याइएको थियो । बोकेर ल्याउने क्रममा मत पेटिकाको कतिपय बिर्को समेत लुच भएको, शिल खोलिएको भन्ने बिषयमा मतदान भएको बेलुका पनि सामान्य समस्या भएको थियो । 
    मत गणना पुन संचालन गर्न निर्वाचन मुख्य अधिकृत खगेन्द्र सुवेदीको संयोजनमा कांग्रेसका नगर सभापति रुपनारायण भट्टराई, एमाले नगर अध्यक्ष रमेश दाहाल, माओवादी केन्द्रका अध्यक्ष चेतन दाहाल, नेकपा एसका नगर अध्यक्ष तुलशी ढकाल, जसपा प्रतिनिधि हेमभक्त तमु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट चन्द्रबहादुर लिम्बू, राप्रपाको तर्फबाट सम्बरबहादुर राई लगायतको उपस्थितिमा सर्वदलीय बैठक बसिएको थियो । 

    बैठकमा एमाले नगर प्रमुखको उमेद्वार मोहन तुम्बापो, कांग्रेसको नगेन्द्र सुब्बा लगायतको उपस्थिति रहेको थियो । मत पेटिका बन्द गरेको मुचुल्का बन्द गर्दा हस्ताक्षर गर्ने पार्टी प्रतिनिधिहरु सहितको बैठक बसेर समाधानको प्रयास भइरहेको छ ।
    मुचुल्का हस्ताक्षर गर्ने नेपाली कांग्रेसकी गीत बुढाथोकीले कर्मचारीले हस्ताक्षर गर्न कागज ल्याएपनि कर्मचारीले कति नम्बर लेखे नहेरी हस्ताक्षर गरेको बताए । सर्वदलीय बैठक १२ बजे बस्ने भनिएपनि १२ः५० सम्म बैठक सुरु भएको छैन । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…