• मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिकामा १३ घण्टापछि पुन मन गणना सुरु भएको छ । 
    मत पेटिकामा लगाइएको शिल गरिएको मुचुल्कामा त्रुटि भएको पाइएपछि बिहिबार बिहान ३ (रातको)देखि मत गणना स्थागित भएको छ । 
    सर्वदलीय सहमतिपछि १० नं. वडाको रोकिएको मत गणना अहिले ४ बजेदेखि मत पुन सुरु भएको छ । नगरको वडा नं. १० को मत पेटिकामा लगाइएको शिल गरिएको मुचुल्कामा २५ र २६ हुनुपर्नेमा दुई वटैमा २५,२५ नम्बर लेखिएको पाइएपछि स्थागित गरिएको थियो । 


    सर्वदलीय बैठकमा बिबादित बक्सा (मत पेटिका)मा मुचुल्का अनुसारको मत संख्या हुनुपर्ने, सो पेटिकाको मत पत्र सर्टिङ गर्दा दलको प्रतिनिधिहरुले हेर्ने सहमति भएको हो । संख्या तलमाथि परेमा पुन मतदानको पहल गर्ने कांग्रेसको सर्त सहमति पत्रमा उल्लेख छ । 
    सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सरकारी कागजमा भएको त्रृटि समान्य लिन नहुने बताएका थिए । बैठकमा सहभागि नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखको उमेद्वार कबिता पराजुलीले पुन मतदान हुनुपर्ने लगायतको कुरा राखेका थिए । मुचुल्का कागजमा त्रुटि हुनु त्यसमा मतदान अधिकृतले हस्ताक्षर गर्नु र मत गणना केन्द्रमा समेत २५, २५ नै उल्लेख हुनु गम्भीर त्रेटि भएको कांग्रेसले बिषय राखेका थिए । 

    निर्वाचन अधिकृत खगेन्द्र सुवेदीको संयोजनमा एमाले नगर अध्यक्ष रमेश दाहाल, कांग्रेसका नगर उसभापति शन्तोष कार्की, माओवादी केन्द्रका अध्यक्ष चेतन दाहाल, उपाध्यक्ष प्रेम ढकाल, नेकपा एसका नगर अध्यक्ष तुलशी ढकाल, जसपा प्रतिनिधि हेमभक्त तमु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट चन्द्रबहादुर लिम्बू, राप्रपाको तर्फबाट सम्बरबहादुर राई, मंगोल नेशनल अर्गनाइजेशनका पुनम राई लगायतको उपस्थितिमा सर्वदलीय बैठक बसिएको थियो । 

    बैठकमा एमाले नगर प्रमुखको उमेद्वार मोहन तुम्बापो, कांग्रेसको नगेन्द्र सुब्बा, कांग्रेस उपप्रमुखको उमेद्वार कबिता पराजुली लगायतको उपस्थिति रहेको थियो । पछिल्लो बैठकमा मत पेटिका बन्द गरेको मुचुल्कामा हस्ताक्षर गर्ने पार्टी प्रतिनिधिहरु सहितलाई सहभागि गराइएको थियो । सहमतिपछि आज अपरान्ह ४ बजेदेखि मत गणना सुरु भएको हो । 
    विवादित भनिएको मत पेटिका १७९ हुनुपर्नेमा १८१ मत पत्र भएको पाइएपनि सँगै भएको अर्को बक्सको गन्दा संख्या मिल्न सक्ने भनेर गणना सुरु भएको हो । 
    वडा नं. १० को मत गणना रोकिनु अघि ७८२ मत गनिएको थियो । उक्त मत गन्दा नगर प्रमुखमा सूर्य २३६, रुख १७७ उपप्रमुखमा सूर्य २०८, रुखमा १८५ वडा अध्यक्षहरुमा सूर्य २२७, रुख १५९ र गोलाकार भित्र हँसिया हतौडा १९५ मत रहेको छ । 
     

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …