• मुगुमा निर्वाचित जनप्रतिनिधिलाई भोलि शपथ ग्रहण गराइने भएको छ ।

    जिल्लाको एक नगरपालिका र ३ गाउँपालिकाकाको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भइसकेकाले जिल्ला निर्वाचन कार्यालय मुगुले नवनिर्वाचित जनप्रतिनिधिलाई भोलि शपथ ग्रहण गराउने तयारी गरेको हो ।

    मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले भोलि जिल्लाका नवनिर्वाचित छायानाथ रारा नगरपालिकाका मेयर, मुगम कार्मारोङ गाउँपलिकाका अध्यक्ष, खत्याड गाउँपालिकाका अध्यक्ष र सोरु गाउँपलिकाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मुगुका न्यायाधीश पुण्य प्रसाद सापकोटाले सपथ ग्रहण गराउने तयारी भएको बताए । उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यलाई पालिका प्रमुखले सपथ गराउनेछन् ।

    निर्वाचित जनप्रतिनिधिलाई आजै प्रमाणपत्र वितरण गरिएको पनि उनको भनाई छ । जिल्लाका ४ वटा स्थानीय तहका ४५ वडामा २ सय ३३ जना नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमध्ये छायानाथ रारा नगरपालिकाको मेयर, उप– मेयर, १४ वडा अध्यक्ष र सदस्यहरु गरी ७२ जना, खत्याड गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्य गरी ५७ जना निर्वाचित भएका छन् ।

    त्यस्तै सोरु गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्य गरी ५७ र मुगम कार्मारोङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ९ वडाध्यक्ष र सदस्य गरी ४७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…