• बारा, ८ जेठ

    बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुन: नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु  पुन: विजयी भएका छन् ।

    यादवले १ हजार २ सय ९४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन । निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७,३७६ मत ल्याएका छन् ।

    उपमेयरमा पुन: दाेहाेरिएकी तारादेवी कानुले ७,९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७,०१० मत पाइन् । कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।   

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…