• सुर्खेत, ७ जेठ

    बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा विद्युत् सेवा शनिबार रातिदेखि अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले गर्दा रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

    आइतबार बिहानदेखि उक्त ढलेका रुखहरू हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्नबित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ । शनिबार रातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

     लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रशारण लाइन आउने गर्दछ । विद्युतमा हुने समस्यले गर्दा काममा बाधा पुगेको सेवाग्रहीहरू बताउँछन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…