• काठमाडौं,  ०८ जेठ

    बलात्कारी जतिसुकै वर्षपछि पहिचान भए पनि कानुन अनुसार कारबाहीको भागेदार हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन् । राजधानी काठमाडौंमा शनिबार आयजित एक कार्यक्रममा बोल्दै नेता महरले न्याय पाउनका लागि पीडित छटपटाउनु कानुनी राज्यको उपहास हुने बताए ।

    सौन्दर्य प्रतियोगिताका आयोजकले एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएपछि महरको उक्त धारणा आएको हो । समस्यामा परेकालाई न्याय दिनु राज्यको पहिलो दायित्व र धर्म भएको उनले बताए ।

    'अहिले संसद चलिरहेको छ । यस्ता घटनाप्रति संसदको पनि ध्यानाकृष्ट गराउन चाहन्छु । यो समाजमा जतिबेला जोसुकैको जीवनमा पनि घट्ने घटना भएकाले सबै सजग हुनुपर्छ,' उनी भन्छन् ।

    'कानुनी राज्यमा कानुनको पालना हुनुपर्छ । दोषि उम्किन पाउनु हुँदैन । यी किशोरीले यति लामोसमयसम्म मुख खोल्न किन सकिनन् । उलाई दिइएको दवाव र धम्किको पनि अनुसन्धान हुनुपर्छ,' महरले भने । कानुनी कारबाही नभए अपराधिमा थप दम्भ बढ्ने उनी बताउँछन् ।

    'अपराधिलाई कारबाही भएन भने उसको आत्मवल थप बढ्छ । र, उसले आफ्नो अपराध लीलालाई बढाउँदै लग्छ। त्यसैले अपराधिमाथि चाँडो कारबाही गर्न म सरकारसँग माग गर्छु,' उनी भन्छन् ।

    महिलालाई सम्मानपूर्वक बाँच्नपाउने अधिकार कानुनले सुनिश्चित गरेको महरको भनाइ छ । यतिबेला बलात्कारविरुद्ध माग राख्दै माइतीघर मण्डला र बालुवाटारमा स्वस्फूर्त रुपमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

सम्वन्धित समाचार

महोत्तरी, १० असार  ‘चुनावको धेरै पाटो हुन्छ, सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि…

खोटाङ, ९ असार      खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्…

धनगढी,  ९ असार सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते ल्याएको बजेटप्रति प्रदेशसभा सदस्यहर…

पोखरा,  ८ असार दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्र…