• मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा नव निर्वाचित जन प्रतिनिधिहरुले आज पफत ग्रहणपछि पदभार ग्रहण गरेका छन् । 

    नगरका नव निर्वाचित नगर प्रमुख मोहन तुम्बापोले हिजो (सोमबार) सफत ग्रहण गरेर आएपछि मंगलबार उपप्रमुख देबिमाया काफ्ले १० जना वडा अध्यक्षहरु र सदस्य गरी ५१ जनालाई पथरीको सुम्निमा हलमा सफत ग्रहण गराएका थिए । 

    सफत ग्रहण कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट (बास्तोला), निवर्तमान वडा अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरुलाई नव निर्बाचित जनप्रतिनिधिहरुको तर्फबाट नगर प्रमुख मोहन तम्बापोले कदर पत्र प्रदान गरेका थिए । 

    नेपाली कांग्रेसको नगर सभापति रुपनारायण भट्टराई, एमाले नगर अध्यक्ष रमेश दाहाल, माओवादी केन्द्रको उपाध्यक्ष प्रेम ढकाल, जनता समाजवादी पार्टीका नगर अध्यक्ष फिपराज बेघा, राप्रपाका नगर अध्यक्ष हरेन्द्र खत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर सचिव बलबहादुर फियाक नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी वेदप्रसाद गौतम, स्थानीय सञ्चारकर्मीहरुको उपस्थितिमा सफत ग्रहण, पुरानो जनप्रतिनिधिलाई बिदाई र नयाँलाई स्वागत भएको थियो । 


    नवनिर्वाचित नगर प्रमुख तुम्वापो र उपप्रमुख काफ्लेले आफूहरु निष्पक्ष र पारदर्शी रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरका छन् । नगर प्रमुख तुम्बापो र उपप्रमुख काफ्लेले आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गरेका ह्न । वडा अध्यक्ष र सदस्यहरुले पनि आजैदेखि पदभार ग्रहण गरेका छन् । 

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …