• बारा, १० जेठ

    बाराका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेका छन् ।  यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनियताको सपथ लिएका हुन्स ।

    निजगढ नगरपालिकाका नागर प्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङ्गसहित वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन् । निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले उपप्रमुख थिङ्गलाई पहिले सपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरूलाई इश्वर, देश र जनताको नाममा पद तथा गोपनियताको सपथ गराएका थिए । सपथ कार्यक्रमपछि उपप्रमुखसहित सबैले पदबहाली गरेका छन् ।

    जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले सोमबार पदभार ग्रहण गरेलगत्तै पदबहाली गरेका हुन् भने कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आइतबारनै सपथ लिएका थिए । उनीहरूले आज पदबहाली गरेका छन् । मुख्य निर्वाचन अधिकृतसँग सपथ लिएपछि साहले उपमहानगरका अन्य जनप्रतिनिधिलाई सपथ गराएका थिए । सपथ ग्रहण गराएसँगै नगर प्रमुख साहले पदभार ग्रहण गरेका छन् । 

    यस्तै, बाराका अन्य पालिकामा समेत सपथ ग्रहण र पदभार ग्रहण गरेका छन् । बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आईतबारनै सपथ लिएका थिए । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…