• सुम्निमा पारुहाङको प्रतिमा अनावरण

    मोरङ । मोरङको सुन्दर हरैचा नगरपालिका–९ साकेला थानमा निर्मित किराती राई समुदायले पितृदेवको रुपमा मान्दै आएको सुम्निमा पारुहाङको प्रतिमा मंगलबार अनावरण भएको छ । 

    किरात राई यायोक्खा सुन्दर हरैचा नगर समितिको पहलमा निर्माण भएको सुम्निमा पारुहाङको सालिक साकेला चाडको अवसर पारेर अनावरण गरेको हो । 

    मंगलबार सुन्दर हरैचा ९, बिराटचौक स्थित साकेला थानमा साकेला पुजा, शुभकामना आदान प्रदानका साथै साकेला नृत्य कार्यक्रम रहेको थियो । सोही अवसरमा साकेला परिसरमा निर्मित सुम्निमा पारुहाङको प्रतिमा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईको हातबाट अनवरण गरिएको थियो । 

    किराती राई समुदायमा पिता, पुर्खाको आत्मा खुसी बनाएर सुःख, शान्ति र संमृद्ध हुने बिस्वास गर्दछन । सुम्निमा पारुहाङलाई राई समुदायले पितृदेवको रुपमा मान्दै आएको छ । 

    यायोक्खा नगर समितिको पहलमा आफ्नै समुदायसँग आर्थिक सहयोग संकलन गरेर प्रतिमा निर्माण गरिएको यायोक्खा सुन्दर हरैचा नगर समिति अध्यक्ष परेशकुमार राईले बताए । 

    साकेला कार्यक्रममा शालिक बनाउन सहयोग गर्ने सहयोगदाताहरुलाई कदर पत्र प्रदान गरिएको थियो । साकेला नाचको लागि मोरङ र सुनसरीको बिभिन्न स्थानदेखि १० भन्दा बढी टोली सहभागि भएका थिए । 

    कार्यक्रमको प्रमुख अतिथि रहेका यायोक्खा केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राईले प्रदेश नं. १ को नाम किरात नराखिए निर्णायक आन्दोलनहुने चेतावनी दिए । 

    किरात कुनै एउटा जाती नभए इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा प्रदेशको नाम राखिनु पर्ने यायोक्खाको प्रस्ताव रहेको सचिव राईको भनाइ थियो । प्रदेशको नाम किरात राख्न मोटरसाइकल ¥याली, जनप्रदर्शन, २५ लाख हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने लगायतको दबाब दिदै आएको उनले बताए । 

    किरात राई यायोक्खाले गोरखापत्र दैनिको नयाँ नेपाल पेजमा राई समुदायको २६ वटै भाषामा पालैपालो आउनु पर्ने, विद्यालयमा भाषामा कक्षा संचालन, बिभिन्न भाषाको माथिल्लो कक्षाको पाठ्यक्रम निर्माणमा प्रोत्साहन, किरात सिरिजंङ्गा लिपी पठन सिक्ने सिकाउने वातावरण बनाउने लगायतको क्रियाकलापमा सक्रिय रहेको राईले बताए । 

    कार्यक्रममा सुन्दर हरैंचा ९ का नव निर्वाचित वडा अध्यक्ष प्रकाश श्रेष्ठ, राष्ट्रिय महिला महासंघकी माया राई लगायतले शुभकामना दिएका थिए । किराया नगर सचिव अशिम राईले सञ्चालन गरेको कार्यक्रममा साकेला नृत्य लिएर आउने टोलीलाई सहभागिता प्रमाणपत्र र नगर भित्रको बिभिन्न वडाको टोलीहरुलाई झ्याम्टा प्रदान गरेका थिए  
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…