• खोटाङ,  २१  जेठ 

    विपद् जोखिम न्यूनीकरणका सन्दर्भमा खोटाङको साकेला गाउँपालिकाले ‘जिरो आवर सर्भिस’को नीति अवलम्बन गर्ने निर्णय गरेको छ । 

    कार्यपालिकाका ६ जना सदस्यको शपथ ग्रहण, बधाई तथा शुभकामना लगत्तै बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले आपतविपदमा परेका पालिकावासीको सहयोग तथा उद्धारका लागि २४ घण्टा सेवा उपलब्ध गराउने निर्णय गरेको हो । 

    बाढी पहिरो, आगलागी, चट्याङ, दुःख बिमारका कारण जोखिममा परेका नागरिकको सहयोग तथा उद्धारका लागि ‘जिरो आवर सर्भिस’ लागू गर्ने निर्णय गरिएको साकेला गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले बताए । प्रकोप तथा विपत्तिका समयमा तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउनका लागि कार्यपालिका बैठकले आवश्यक नीति तयार पारेर सञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ । 

    'कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्छ । भइपरी आउने आपतविपदमा नागरिकलाई २४ घण्टा सेवा गर्ने संयन्त्र छैन,' गाउँपालिका अध्यक्ष राईले भने, 'नागरिक आपतविपदमा परेका समयमा स्थानीय सरकार सुत्दैन । आपतविपदमा सहयोग गरेन वा प्रयत्नसम्म गरेन भने सरकार लोकतान्त्रिक हुन्न ।'

    गाउँपालिकाले भइपरी आउने समस्यामा परेका नागरिकलाई जुनसुकै समयमा तत्काल उद्धार, राहत तथा पुर्नस्थापनाको लक्ष्य राखेको छ । विपद् जोखिमका लागि ‘जिरो आवर सर्भिस’ नीतिले भविष्यमा प्रकोप तथा विपत्ति न्यूनीकरणमा रणनीति तयार पार्नमा समेत सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राईले बताए । 

    'विपत्तिमा परेका जनताको सेवाका लागि अहिलेसम्म संघ, प्रदेश वा अन्य स्थानीय सरकारले सोचेकै देखिन्न । अहिलेसम्म कसैले नगरेको काम सुरु गर्न लागेका हौँ,' राईले भने, 'यसबाट प्रकोप तथा विपत्तिको समस्या कसरी सिर्जना हुन्छ, त्यसको समाधान कसरी गर्न सकिन्छ ? प्रेभेन्ट गर्ने उपायका बारेमा अध्ययन गर्न सकिन्छ भन्ने लक्ष्य राखेका छौँ ।' 

सम्वन्धित समाचार

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…

नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् । सुहाङले नेता कार्यकर्ता…