• जुम्ला,  २१  जेठ

    जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ ।  उद्योग वाणिज्य संघ जुम्लाले कर्णालीको कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा रैथाने बालीको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिने जनाएको छ । पर्यटन तथा व्यापार प्रवर्द्धन र आर्थिक वृद्धिको लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

    संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी भदौ १९ देखि २९ गते सम्म  १० दिने तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गर्ने जनाएको हो । त्यस्तै उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्षका पुरीचन्द्र देवकोटाले जुम्लाको आर्थिक अवस्था वृद्धि र  रैनाथे बालीमा जोड दिनका लागी  महोत्सवको आयोजना गरिने बताए । 

    कोभिडले थलिएको पर्यटन व्यवसाय र अर्थतन्त्रलाई उकास्न, जुम्लाको स्थानीय कला र संस्कृतिको संरक्षण, पर्यटन तथा रैथानेबालीको प्रवर्द्धन गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने उनको भनाइ छ ।

    'दर्शकलाई अर्ग्यानिक स्वाद चखाउन अर्ग्यानिक स्टल राखिने छ । मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । अझैँ साढे दुई महिना बाँकी रहेकाले महोत्सवलाई विगतको भन्दा व्यवस्थित गर्न महासंघको टिम पूर्वतयारीमा जुटिरहेको छौं,' उनले भने ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…