• काठमाडौं,  २१ जेठ

    सिटिइभिटी अन्तर्गतको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी बालाजुले सन्चालन गरेको छोटो अवधी (३९० घण्टा) को आर्क वेल्डिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

    तालिमका गरेका सहभागीहरुलाई ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका अध्यक्ष मोहन कटुवालले शुक्रबार एक कार्यक्रमवीच प्रमाणपत्र वितरण गरे । सो अवसरमा उनले महासघले उनीहरुलाई रोजगारी दिने बताए । उक्त अवसरमा नेपालमा सन्चालित झण्डै ११ हजार ग्रील उध्योगका लागि दक्ष जनशक्तिको अभाबमा उद्योग सन्चालन गर्न समस्या परिरहेको बताइयो । यो बेला यस तालिम केन्द्रबाट उत्पादित जनशक्तिले थोरै भए पनि राहत मिलिरहेको कटवालले बताए । देशभरि सन्चालित ग्रील उध्योगमा नेपाली भारती बाङ्लादेशी गरी एक लाख ७० हजार जति जनशक्ति कार्यरत छन भने अझै २० हजार जना जनशक्ति तत्काल आवस्यक रहेको उनले बताए ।

    उनले बजारको माग अनुसारको तालिम लिएका जनशक्तिहरुले स्वदेशमा रोजगारि पाउने र बिदेश जादा पनि राम्रो सेवा सुबिधा पाउने यस्तो किसिमको तालिमको महत्व रहेको बताए । उक्त कार्यक्रममा स्कुलका प्रमुख गुणानन्द झाले तालिम लिएका जनशक्तिले स्वदेशमा रोजगारी पाउन भन्ने उदेश्यले निजी क्षेत्रसग सहकार्य गरेर तालिम सन्चालन गर्दै जाने बताए ।

    तालिमे प्रशिक्षार्थीहरुलाइ ओजिटिको लागि निजी क्षेत्रका उध्योगमा समेत पठाउने लक्ष्य लिएको उनले बताए । कार्यक्रममा उपप्रमुख उमा श्रेष्ठले यो छोटो अवधिको तालिम साधारण लेखपढ गर्न सक्नेदेखि उच्च शिक्षा हासिल गरेकाले आफ्नो घरबाट नै तालिममा जानसक्ने र खाजा भत्तासहित निशुल्क तालिम पाउने हुदा यस किसिमको तालिमको माग बढदै गएको बताइन् । मेकानिकल प्रशिक्षक इस्वरीलाल श्रेष्ठले बिदेशमासमेत काम गरी अनुभव बटुलेका र प्लस टु पास गरेका प्रशिक्षार्थीसमेत तालिम लिन आएको हुदा तालिम दिन र उनीहरुलाइ बुझाउन सहज भएको बताए । तालिममा देशका विभिन्न भागबाट सहभागिता जनाएको जनाइयो ।

सम्वन्धित समाचार

उर्लाबारी, १० असार । उर्लाबारी नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । नगर …

काठमाडौं,  ३ असार  गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक…

पोखरा,  ०२  असार गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्वको बजेट सार्वजनिक गरेक…

काठमाडौं,  ३०  जेठ नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्लाहरूमा सञ्चा…