• जुम्ला,  २१  जेठ 

    तातोपानी गाउँपालिका १ मा रहेको रानी ज्यूलोमा कुलो निर्माण  गरिएको छ ।  बढीले रानी कुलो बगाएपछि खेतियोग्य जमिन सिचाईको लागी रानीकुलो निमार्ण गरिएको हो । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानि ज्यूलो सहित तातोपानीको ग्रिरीखोला र  तिला गाउँपालिकामा भेरीखोलाको बाढीले  अधिंकास सिचाइ कुलो बगाएको थियो । जुम्लामा धेरै सिँचाई कुलाहरु बगेर जानुका साथै  खेतियोग्य जमिनमा सिचाईको लागी समस्या भएको थियो । तर जुम्लाको पहिचानको रुपमा रहेको कालिमार्सी धान रोप्ने समय आएकाले  कृषि बिकास कार्यलयले केही  कुलोहरु निर्माण गरेर रोपाई सुचारु  समेत भएको छ । 

     त्यस्तै तातोपानी १ अन्तरगत पर्ने रानि ज्यूलोको कुलो बाढिले वगाएको स्थानको आरसिसि गरेपछि संचालनमा आएको छ । कृषि विकास कार्यालयले  ७ लाख र स्थानीयको एक लाख श्रमदानमा उक्त कुलो बाढीले  निमार्ण गरिएको कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने, बाढीले बगाएको स्थानमा  ४१ मिटर आरसिसि र अन्य काम गरेपछि पानी  ल्याएर रोपाई भएको छ । प्रमुख अधिकारीले ,विपतले बगाएको रानि ज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ । उनले भने,‘कुलो पुरै आरसिसि तथा वाधनिर्माण गर्न ठूलो योजना आबश्यक भएको छ ।

    उनका अनुसार त्यो स्थानमा बर्खायाममा नदिले अझै कटान गर्न सक्ने भएकाले धेरै ग्याविन सहित अन्य थप निर्माण आवश्यक रहेको छ  ।

     त्यस्तै रानिज्यूलोमा करिब, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताए । उनले  बिपतले धान रोप्न नपाईने होकि भन्ने  चिन्ता थियो  । यस पटक किसानका लागी राहत भएको छ ।  जेनतेनपानी  रोपाइका लमागी  पनी पुरयाउन कृषि विकास कार्यालयको कार्यक्रमले सहयोग गरेको छ । उनका अनुसार अव यो बर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले फेरी बगाउछ की भन्ने  डर उत्तिकै छ । 

    यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले बाढीले बगाएको तातोपानी १ कै वाईराकाको १०० मिटर कुलो पुर्ननिर्माणका लागि काम भईरहेको छ । कृषि विकास कार्यालयका सवईन्जिनियर महेश बुढ्थापाले तिला गाउँपालिका ४ नुवाकोटमा पनि बाढीले बगाएको  वालुदेखि चौसिला आरसिसि १२३ मिटर कुलो आरसिसि निर्माण भएको बताए । उनले भने,‘ सो कुलो धेरै बनाउनु पर्ने आवश्यक रहेको छ । उनका अनुसार बाढीले जुम्लाका सिचाई योजना तथा आरसिसि कुलो ६० वटा भन्दा बढी स्थानमा निर्माण भइरहेका छन् । 

     त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले रानी ज्यूलोमा रहेको कुलोको  अवस्थाको अवलोकन गरेका छन । उनले  कुलोलाई वलियो नबनाएमा बर्खाको पानीले समस्या पार्ने भएकाले बलियो बनाउन आवश्यक रहेको बताए  ।  
    त्यस्तै वडा नम्बर दुईका अध्यक्ष चन्द्रमान बुढाले तत्कालको आरसिसि कामले रोपाई हुने भएको बताए । उनले  कृषि विकास कार्यालयलाई आभार ब्यक्त गरे ।  २०७८ साल कात्तिकमा आएको बाढीले धेरै तातोपानी र तिलाका मार्सीधान रोप्ने खेत सहित  कुलाहरु बगाएको थियो ।  कृषि क्षेत्रमा ठूलो क्षेति पुगेको समयमै कृषि विकास कार्यालयले मलम लगाउन  शुरु गरको भन्दै किसान खुशी भएका छन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…