• मुगु, २३ जेठ  

    मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका– २ स्थित जनजागृति प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयमा दुई जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मात्र शिक्षकले अध्यापन गराइरहँदा विद्यार्थीले सहज रूपमा शिक्षा लिन पाएका छैनन् ।    
      
    २०२८ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय सो विद्यालयमा  दुई जना शिक्षकको दरबन्दी भए पनि हाल एक जना शिक्षकले मात्र अध्यायन अध्यापन गराइरहेका छन् । भएका शिक्षक पनि बिद्यालयमा नबस्दा यस बिद्यालयमा अध्यायनरत रहेका २७ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो । विद्यालयमा नियमित शिक्षकहरू उपस्थिती नहुँदा लाखौँ मूल्यका सात कोठे भवन निमार्ण प्रयोगविहीन भएका छन् ।   

    करिब चार सय घरधुरी रहेको मुगुम गाउँमा लामा, तामाङ र दलित समुदायको बसोबास छ । त्यहाँ  एउटा मात्र प्राथमिक विद्यालय छ । 
    निम्न आयका भएका परिवारका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्यायपन गराउन शिक्षक नियमित नबस्ने भएकाले पठनपाठनमा समस्या भएको अभिभावकको गुनासो छ  । 

    शिक्षक नियमित नबस्ने भएकाले घोडा, चाैंरी, गोठालो पठाउनु परेको अभिवावक उगिर्न कामीले बताए ।   हिमाली बस्ती भएको कारण ६ महिना पढाई हुने गरेको विद्यालयले जनाएको छ । अहिले यार्सा संकलन गर्ने सिजन भएको हुँदा केही विद्यार्थी यार्सा संकलनमा गएको र शिरानिचौरमा गाउँपालिकासँग सहकार्य गरेर पढाउने गरेको जनजाग्रती प्राथामिक बिद्यालयका प्रधानध्यापक पासाङ लामाले बताए ।  

    अब आउँदा दिनहरूमा मुगु गाँउमा रहेको बिद्यालय र चितैमा रहेको बिद्यालयमा अध्यायन गर्ने वालबालिकाहरुको लागि भविष्य सुधारको लागि केही नयाँ स्वरुपले जनप्रतिनिधिहरूसँग सहकार्य गरेर जाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिए । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…