• चितवन,  २५ जेठ

    भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँचदलीय गठबन्धनका सबै उमेदवार विजयी भएका छन् ।

    महिला सदस्यमा नेपाली कांग्रेसकी सिर्जना अधिकारी, नर्वदा सापकोटा, सुकमाया परियार, शारदा पोख्रेल र माओवादी केन्द्रकी विना नेपाली निर्वाचित भए ।

    अल्पसंख्यक र दलिततर्फ कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र एकीकृत समाजवादीकी कोपिला उपरकोटी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए । नगर कार्यपालिकाको निर्वाचनमा एमालेका कुनै पनि उमेदवार निर्वाचत हुन सकेनन् । 

    गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए।जसमध्ये नेपाली कांग्रेसबाट ७७, एमालेबाट ५०, माओवादी केन्द्रबाट १०, एकीकृत समाजवादी पार्टीबाट ५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ र एकजना स्वतन्त्रबाट निर्वाचित भएका थिए। तिनै जनप्रतिनिधिले मंगलबार नगर कार्यपालिकाको निर्वाचनमा मतदान गरेका थिए। 

सम्वन्धित समाचार

 जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खा…

ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका&n…

कमलामाई (सिन्धुली), ३ चैत    पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको…

ढोरपाटन, २ चैत    कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्न…