• हेटौंडा,  २६  जेठ

    झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय यूथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो ।

    दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो । यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल स्थगित भएको थियो । बुधबारको खेल बिहीबार बिहान ८:३० बजे खेलाउने सहमति भएको छ । 

    मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा १२ वटा टिमको सहभागिता छ ।

    जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …