काठमाडौं, २७ जेठ
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ । बिहीबार राति ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका हुन् ।
ओमानविरुद्धको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन् । धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् ।
अन्तिम ११ : सन्दीप लामिछाने, रोहित पौडेल, आरिफ शेख, सुशन भारी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, देव खनाल, सुनिल धमला र सुवास खकुरेल