• मुगु,  ३० जेठ    

    हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएकाे करिब एक महिनापछि अपूरा किताब पुराएकाे हाे । यद्यपि, अझै सबै कक्षाकाे पुस्तक आएकाे छैन । 

    शैक्षिक सत्र सुरु भएकाे एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेकाे जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएकाे हाे ।  

    कक्षा १ देखि १० सम्म पुस्तक खरिदको जिम्मा पाएको यस पुस्तक भण्डारले सदरमुकाम गमगढी बजारमा ४ देखि १० कक्षासम्मका मात्र किताब आई पुगेकाे जनाएकाे छ ।कक्षा १ देखि ३ सम्मका पुस्तक भने अझै आएकाे छैन । कक्षा ५ को पाठ्यपुस्तक पनि सामाजिक विषय मात्र आई पुगेको पुस्तक भण्डारका प्रोपाइटर भाग्यराज भामले बताए ।   

    उनका अनुसार बाँकी पाठ्यपुस्तक एक दुई दिनभित्रै आईपुग्नेछन् । भामका अनुसार गत वर्षकाे तथ्यांक हेरेर छायाँनाथ रारा नगरपालिकाले एक सय १३ सेट पुस्तक माग गरेको थियाे । तर, विद्यालयहरूले पाँच सय ३० सेट पुस्तक माग गरेकाे उनकाे भनाइ छ ।  

सम्वन्धित समाचार

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…

  तुलसीपुर,२० भदौ :केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ&rsq…

 तनहुँ, २ भदौ   व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्…

 सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर ब…