• मुगु,  ३० जेठ 

    जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । प्रमुख पदमा कांग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन् । 

    सदस्य पदमा कांग्रेसका झमुरा रावल, दानबहादुर रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव विक निर्विरोध भएका छन् । सदस्यमै माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई र एकीकृत समाजवादीबाट दानबहादुर रावल चयन भएको मुख्य निर्वाचन अधिकृतक पुण्यप्रसाद सापकोटाले बताए ।

    कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी जिसस मुगुमा उम्मेदवारी दिएका थिए । तीनदलीय गठबन्धन जोगाउन कांग्रेसको भागमा प्रमुख, उपप्रमुखसहित पाँच जना सदस्य र माओवादी र समाववादीलाई एक-एक सदस्य भाग परेको कांग्रेस सभापति ऐनबहादुर शाहीले जानकारी दिए  ।  

सम्वन्धित समाचार

 राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई…

 नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी …

 काठमाडौँ, ६ फागुन   कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले तीन तहका सरकाबी…

काठमाडौँ, ६ चैत मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधान…