• भक्तपुर, ३० जेठ

    नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७९ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तहमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएका छन् ।

    सप्ताहको उदघाटन चर्चित राष्ट्रिय धावक वैठक मानन्धरले गरेका छन् । उदघाटन कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०७९ का संयोजक एसोसिएट प्रोफेसर सचिन श्रेष्ठलगायतले खेलकुद क्षेत्रका विभिन्न विषयमा चर्चा गरे । 

    खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केकवललगायतका झण्डै दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०७९ का संयोजक एसोसिएट प्रोफेसर श्रेष्ठले जनाए । उनका अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तहमा अध्ययनरत झण्डै सवै विद्यार्थी सहभागी हुन्छन् ।

    प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण हुन्छ । जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्योत्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार २ गतेसम्म चल्नेछ । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…