• काठमाडौं, १ असार
    एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ए को अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७–० को लज्जास्पद हार बेहोरेको छ । 

    मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल १० खेलाडीमा सिमित रहँदै खेल टुंगाएको थियो । यो सँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ । नेपालका सुमन अर्याल ११औं मिनेटमा दोहोरो पहँलो कार्डको सामना गरेका थिए । 

    तीन खेल खेलेको नेपाल १३ गोल वेहोर्दै १ गोलमा चित्त बुझायो । नेपालको लागि एकमात्रै गोल दर्शन गुरुङले गरेका थिए । 

    यस अघि इन्डोनेसियाविरुद्ध मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी दोहोरो कार्डका कारण निलम्बन हुँदा नेपालको टेक्निकल एरियामा सहायक प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए । 

    जुन खेलमा निर कुमार राई, शिव गुरुङले डेब्यु अवसर पाए । कप्तानमा नवयुग श्रेष्ठलाई आराम दिईदा पुजन उपरकोटीले आर्म ब्याण्ड लगाए । 

    इन्डोनेसियाको जितमा वितान सुलाइमानले दुई गोल गरे । यस्तै मुहमद दिमास द्रजाड, फाकरद्दिन , सादिल रामदानी, एलकान बागोट र मार्सेलिनो फेर्डिनानले एक एक गोल गरे । 

    हारसँगै नेपालले अंक विहीन रहदै पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो । 

    समूह ए बाट जोर्डन विजेता र इन्डोनेसिया उत्कृष्ट उपविजेताको रुपमा दोस्रो चरणमा स्थान बनाए । 

    हारपछि नेपालका प्रशिक्षक किरण श्रेष्ठले रातो कार्डका कारण टिम दवावमा पर्दा हार वेहोरेको बताए । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …