• मुगु,  ०२ असार 

    हिमाली जिल्ला मुगुमा बुधबारबाट निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुमा तिन दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

    शिविर असार ३ गते सम्म सञ्चालन हुनेछ । बुधवार अर्थात् पहिलो दिनमा ४ सय ४ जनाले आँखा चेकजाँच गरेका छन् । जस मध्ये ४५ जना मोतियाबिन्दु तथा अप्रेसनको लागि छनोट भएको र छनोट भएका मोतिया बिन्दुका बिरामीहरुको भोलि अप्रेसन गरिने नेपाल नेत्र ज्योति संघ केन्द्रिय उपसभापति तथा कर्णाली प्रदेश सभापति तिलक बहादुर मल्लले जानकारी दिए । उनका अनुसार शिविर ३ दिन सम्म चल्नेछ ।

    यसमा विकट हिमाली जिल्ला मुगु सहित छिमेकि जिल्ला जुम्ला , हुम्लाका नागरिकले सहजे सेवा पाउन सक्ने बताए । शिविरमा जुम्लाका आँखाका विरामिको पनि चेकजाँच गरिएको छ ।  

    मोतियाबिन्दु गरेका आँखाका विरामिलाइई चश्मा पनि वितरण गरिने छ । शिविर सञ्चालन गर्न अस्पताल बाट चिकीत्सक सहित स्वास्थ्यकर्मी उपस्थिती भई सकेका छन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…