• बैतडी,  ६ असार

    बैतडीको सिगास गाउँपालिका-८ की विवाहित युवती बेपत्ता भएकी छन् । शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी रमेश बोहराकी १८ वर्षीया श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाइँका लागि हिँडेकी बोहरा दिउँसोदेखि बेपत्ता भएको रमेश बोहराले बताए । 

    शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए । 

    विवाहित युवतीका माइती पक्षले भने रमेश बोहराले भगाएर लगेको र बोहराकै परिवारले सकुशल खोज्नुपर्ने बताउँदै आएका छन् । ‘दुई महिना पहिले भगाएर लगेको हो, घरपरिवारमा झगडा पनि हुने गर्दथ्यो, उनीहरूले नै खोज्नुपर्छ,’ बेपत्ता सरस्वतीका बावु बहादुर महराले भने ।  
     

सम्वन्धित समाचार

 जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खा…

ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका&n…

कमलामाई (सिन्धुली), ३ चैत    पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको…

ढोरपाटन, २ चैत    कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्न…