• सुर्खेत, ७ असार

    अन्तर्राष्ट्रिय ओलम्पिक डे को अवसरमा सुर्खेतमा काँक्रेबिहार हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फ तीर्थबहादुर पुन प्रथम भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरको आयोजनामा काँक्रेबिहार हाफ म्याराथन प्रतियोगितामा पुन प्रथम भएका हुन् ।

    वीरेन्द्रचोकबाट सुरु भएको म्याराथन दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचोकमै पुगेर सम्पन्न भएको प्रतियोगितामा २१ किलोमिटर दौडमा पुरुषतर्फ प्रथम तीर्थकुमार पुन, दोस्रो राजन रोकाय, तेस्रो चिनेबहादुर बुढा, चौथो खगेन्द्रबहादुर भाट, पाँचौं सुवास कार्की र छैटौं श्रीकाश राई विजयी भएका छन् । उनीहरूलाई क्रमस ७१ हजार, ४१ हजार, ३१ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

    पाँच किलोमिटर दौडमा विकास विक प्रथम, अजय विक दोस्रो र प्रकाश बुढा तेस्रो भएका छन् । महिलातर्फ विमला कार्की, निशा मल्ल र लक्ष्मी शाही विजयी भएका छन् । उनीहरूलाई पनि नगद पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, ४ माघ  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली ट…

काठमाडौं, २७ पुस  भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पहिलो खेलमा &n…

 इटहरी, २७ पुस इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको त…

काठमाडौं, २१ पुस कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी…